त्रिभूवन विमानस्थल नजिक लागूऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली

समाचार शेयर गर्नुहोस्

२८ जेठ, काठमाडाैं

प्रहरीले लागूऔषध कारोबारमा संलग्न समूहका एक जनालाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको मूलगेट नजिकबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो ।

लागू औषध ब्यूरोका एसएसपी गोविन्द थपलियाका अनुसार नियन्त्रणमा लिने क्रममा कारोबारी मध्येका एकले प्रहरीलाई आक्रमण गर्न खोजेपछि उनलाई घुँडामुनि गोली हानि नियन्त्रणमा लिइएको हो ।
प्रहरीको गोली प्रहारबाट घाइते भएकालाई केएमसी अस्पतालमा उपचारका लागि लगिएको छ। पक्राउ परेका को हुन् प्रहरीले खुलाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको