लाेसपा अध्यक्ष महन्थ ठाकुर भारतकाे नयाँदिल्ली प्रस्थान

२८ जेठ, काठमाडाैं

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर नियमित स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्।

स्वास्थ्य उपचारको ‘फलोअप’का लागि अध्यक्ष ठाकुर आज दिउँसो दिल्ली प्रस्थान गरेको लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए।

उनका अनुसार अध्यक्ष ठाकुर आफ्नो मुटुमा लगाइएको पेसमेकर र एन्जिओग्राफीको फलोअपका लागि दिल्ली गएका हुन्। उनी उपचार सकेर एकसातापछि स्वदेश फर्कनेछन्।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like