२८ जेठ, काठमाडौं
कुटपिटबाट बुटवल उपमहानगरपालिका–११ स्थित देवीनगरमा एक पुरुषको हत्या भएको छ ।
पुरानो ट्रायल सेन्टरको पछाडि रहेको तिनाउ नदीको बगरमा ढुङ्गाले टाउको लगायतका अङ्गहरूमा प्रहार गरी हत्या गरेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
अन्दाजी ३६ वर्षका पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
प्रहरीले हत्याको आरोपमा हत्यामा संलग्न भएको आरोपमा ११ वर्षीय नाबालकसहित ३१ वर्षीय गणेश थापालाई पक्राउ गरेको हो।
घटना’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।