सेयर बजार ४०.४८ अंकले वृद्धि

२८ जेठ, काठमाडाैं

आइतबार सेयर बजारमा ४०.४८ अंकको वृद्धि भएको छ ।  बजार आज २.०९ प्रतिशतले बढेर १९८०.०९ विन्दुमा उक्लिएको छ ।आइतबार सबै उपसूचकहरू हरियाली देखिए ।

सबैभन्दा धेरै लगानी उपसूचक (५.११ प्रतिशत) मा वृद्धि भयो । आइतबार २७५ धितोपत्रको ६१ हजार ४५० कारोबारबाट ९५ लाख २८ हजार २५५ कित्ता सेयर किनबेच भएको छ । आइतबार ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार भूगोल इनर्जी विकास कम्पनी र सिटी होटलको मूल्य सकारात्मक सर्किट लेबलमा बढ्यो  भने  ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड, मेघा म्युचअल फन्ड, मनकामना स्मार्ट लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like