सुनकाे मुल्य ताेलामा एक सय रूपैँयाले घट्याे

समाचार शेयर गर्नुहोस्

काठमाडाैं

साताकाे दास्राे दिन नेपाली बजारमा सुनकाे मुल्य ताेलामा एक सय रूपैँयाले घटेकाे छ।

आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ। तेजाबी सुनको मूल्य पनि  एक सय रुपैयाँले घटेर १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ रहेको थियो । तेजाबी सुनको मूल्य एक लाख ११ हजार ९ सय ५० रुपैयाँ रहेको थियो ।

यस्तै, चाँदीको मूल्यमा भने १० रुपैयाँ घटेको छ । चाँदी आज प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको