विमानस्थलबाट ७ किलाे चरेससहित एक जर्मन नागरिक पक्राउ

समाचार शेयर गर्नुहोस्

२९ जेठ, काठमाडाैं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै सात किलो चरेससहित एक जर्मन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बिहान टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका ६३ वर्षीय पउल वेस्टर्सलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो ।

लागु औषध चरेशसहित सोमबार बिहान विमानस्थलबाट पक्राउ गरेको लागु औषध नियन्त्रण ब्युरोका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए।

सुटकेशमा फल्सबटम बनाएर चरेस लुकाई इस्तानबुल लैजाने योजनामा रहेकाे प्रहरीले जानकारी दिए। यस्तै  सुटकेस खोतल्दा ६ किलो ८ सय ६० ग्राम चरेस फेला परेको हाे। । थप अनुसन्धान गर्न विमानस्थल प्रहरीले उनलाई बरामद लागू औषधसहित लागू औषध नियन्त्रण ब्युरोमा पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको