वैदेशिक रोजगारीका लागि साउदी जान एसएलसी पास गरेको हुनुपर्ने

समाचार शेयर गर्नुहोस्

२९ जेठ, काठमाडाैं

नेपालमा बेराेजगार भएका कतिपय मानिसहरू बैदेशिक हुनुपरेकाे छ। यस्तै साउदीमा कामकाे खाेजीमा धेरै संख्यामा नेपाली श्रमिकहरू पुग्ने गरेकाे छ। तर अबदेखि नेपाली श्रमिकहरू अब राेजगारीका लागी साउदी अरब जाँदा शैक्षिक याेग्यताकाे प्रमाणपत्र चाहिने भएकाे छ।

रोजगारीका लागि शैक्षिक प्रमाणपत्रमा न्यूनतम एसइई/एसएलसीको हुनुपर्ने छ । उक्त प्रमाणपत्र परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागबाट प्रमाणित गरिने भएको छ । तथापी, साउदी दूतावासबाट प्रमाणीकरण भएपछि मात्रै नेपाली श्रमिकहरू जान पाउने व्यवस्था साउदी सरकारले गरेको हो ।

मजदुरी लगायतका जुनसुकै कामका लागी विश्वका जुनसुकै मुलुकमा जान पनि शैक्षिक याेग्यताकाे प्रमाणपत्र खाेजिने नगरे पनि अबदेखि भने शैक्षिक प्रमाणपत्रमा न्यूनतम एसइई/एसएलसीको हुनुपर्ने साउदी सरकारले जनाएका छन्। अहिले एक्कासी यस्ताे व्यवस्था किन गरियाे भन्ने कुरा साउदीले स्पष्ट खुलाएकाे छैन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको