अब साउदी अरबमा काम गर्न जान नपाइने

समाचार शेयर गर्नुहोस्

काठमाडौं जेष्ठ २९ गते

मध्यपुर्व स्थित साउदी अरब नेपाली को लागि राम्रो श्रम गन्तब्य को रुपमा रहि आएको छ । साउदीमा हालसम्म ४ लाख बढी नेपाली ले रोजगार गरिरहेको बताइएको छ । हाल सम्म जस्तो सुकै नेपाली ले उमेर पुगेपछि रोजगार पाइने ठाउँ साउदी अरब मा अब भने नियम परिवर्तन गरिएको छ ।

साउदी अरब मा अब एसएलसी वा एसइइ नकटेका नेपाली ले रोजगार नपाउने भएका छन् । अनपढ वा कम शिक्षित मानिसहरूले रोजगार दाता को भाषा लगायतका कुरामा समस्या र काम लगाउन पनि मुस्किल भएको र सकेसम्म दक्ष कामदार लिने हिसाबले साउदी अरब ले यो निर्णय गरेको पाइएको छ ।

तर नेपालमा भने मेनपावर ब्यवसायीहरुले यो निर्णय को बिरोध गर्दै साउदी अरब प्रति आफ्नो आक्रोश पोखेका छन् । यदि त्यसो गरिएमा आफ्नो ब्यबसाय धरासाय हुने र पेशा बाट पलायन हुने भन्ने कुरा ले ब्यबसायी हरु आक्रोशित बनेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको