गणतन्त्रको उपभोग गर्ने अधिकार गणतन्त्र नमान्नेहरूलाई पनि छ : राप्रपा प्रवक्ता श्रेष्ठ

समाचार शेयर गर्नुहोस्

२९ जेठ, काठमाडाैं

राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले गणतन्त्रको उपभोग गर्ने अधिकार गणतन्त्र नमान्नेहरूलाई पनि रहेको बताएका छन् । 

सोमबार सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘गणतन्त्रको निर्वाध उपभोग गर्ने अधिकार गणतन्त्रवादीलाई मात्रै होइन, गणतन्त्र नमान्नेहरूलाई पनि त्यत्तिकै छ ।’ 

संसद्‌मा आफ्ना सांसदहरुले उठाएका विषयलाई अन्य दलका सांसदहरुले आपत्ति प्रकट गर्नु आपत्तिजनक र संविधानविपरीत रहेको भन्दै प्रवक्ता श्रेष्ठले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान र नेपालीको हकहितको रक्षाबाहेक अन्य कुनै पनि धारा अपरिवर्तनीय नरहेको संविधानसमेत संशोधन गर्न सकिने संवैधानिक प्रावधान रहेको स्मरण गराएका छन् । 

उनले भनेका छन्, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान र नेपालीको हकहितको रक्षा बाहेक अन्य कुनै पनि धारा अपरिवर्तनीय नरहेको ‘संविधान’ समेत संशोधन गर्न सकिने संवैधानिक प्रावधान भुलेर केही दलका केही सांसदले राप्रपा र राप्रपाका सांसदहरुले संसदमा उठाएका राजनीतिक, सामाजिक र जनजीविकासंग सम्बन्धित विषयहरुमा आपत्ति प्रकट गर्नु आपत्तिजनक र संविधानको मर्म विपरीत छ। आन्दोलन र संघर्ष मार्फत परिवर्तन गरिएको दाबी गर्नेहरूले नभुलुन्- “गणतन्त्रको निर्वाध उपभोग गर्ने अधिकार गणतन्त्रवादीलाई मात्रै होइन, गणतन्त्र नमान्नेहरुलाई पनि त्यत्तिकै छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको