ऋण ब्याज तिर्ने दायित्व बढ्दा पूँजीगत खर्चमा चाप बढ्याे : अर्थमन्त्री

समाचार शेयर गर्नुहोस्

२९ जेठ, काठमाडाैं

अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण तिर्न बजेट धेरै खर्च गर्नु परेका कारण पूँजीगत खर्च घटेको बताएका छन् ।

ऋण ब्याज तिर्ने दायित्व बढ्दा पूँजीगत खर्चमा चाप बढेको भन्दै उनले ऋणको दायित्व बढ्दा यो अवस्था आएको बताए । यद्यपि आगामी आर्थिक वर्षमा आन्तरिक ऋण र बाह्य दुवै ऋण कम लिने योजना बनाएको उनको भनाइ छ ।

आन्तरिक ऋण जीडीपीको ५ प्रतिशत भन्दा बढाउन नमिल्ने भन्दै उनले पूँजीगत खर्च लक्ष्य अनुसार गर्न प्रयास गर्ने बताए । त्यसका लागि कार्ययोजना बनाएको समेत उनले भने। यस्तै राजस्व बढाउन कागती निचोरेजस्तो नगरी सबैले कर तिर्ने वातावरण बनाएर संकलन गरिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको