३५ अर्ब बराबरकाे बजेट ल्याउने मधेस सरकारकाे तयारी

समाचार शेयर गर्नुहोस्

२९ जेठ, काठमाडाैं

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३५ अर्ब बराबरको बजेट ल्याउने भएको छ । अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले सरकारले आगामी आर्थिक वर्षका लागि सो रकम बराबरको बजेट ल्याउने तयारी गरेको जानकारी दिएका हुन् ।

प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मधेस सरकारले बजेट ल्याउने तयारी गरेको उनले जानकारी दिए ।

प्रदेश सरकार अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले सरकारले आगामी आवका लागि करिब रु ३५ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ । “चालु वर्षभन्दा आगामी वर्षमा बजेटको आकार घटेर आउने भएको छ”, उनले भने, “प्रदेश सरकारको रु २० अर्ब र सङ्घीय सरकारले दिने रु १५ अर्ब गरी करिब रु ३५ अर्बको बजेट ल्याउने तयारी भइरहेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको