मधेश प्रदेशका मुख्यमन्त्री यादवले विश्वासकाे मत लिने

समाचार शेयर गर्नुहोस्

३० जेठ, काठमाडाैं

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मङ्गलवार प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । मुख्यमन्त्री यादवले आकस्मिक रूपमा आजै विश्वासको मत लिन लागेका हुन् ।

आज मंगलबार साँझ ५ बजेको लागि आकस्मिक रुपमा प्रेदशसभाका बैठक डाकिएको प्रदेशसभा सचिवालका सचिव रञ्जित यादवले जाकारी दिए । पुस २७ गते मधेश प्रदेशसभाको ठूलो दल नेकपा एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्री सरोजकुमार यादव नियुक्त भएका थिए ।

एमाले गत चैत २१ गते मधेस सरकारबाट बाहिरिएको थियो भने जेठ १ गते समर्थन फिर्ता लिएको थियो । संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएपछि आज तीस औँ दिनको दिन आकस्मिक बैठक बोलाएर मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

त्यसका लागि मङ्गलवार बिहान मधेस प्रदेशमा सत्ता गठबन्धनको बैठक बसेको थियो । बैठकले ३२ गते विश्वासको मत लिइए दिनको हिसाबले कानुनी अड्चन आउन सक्ने भएकाले आजै विश्वासको मत लिने निर्णय गरेको थियो । सोही अनुसार हतारमा बैठक आह्वान गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको