सत्ता गठबन्धनकाे बैठक जारी

समाचार शेयर गर्नुहोस्

३० जेठ, काठमाडाैं

सत्तागठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहानदेखि बैठक बसिरहेको छ । बैठकमा सरकारले प्रस्तुत गरेको बजेटबारे छलफल भइरहेको जनाइएको छ ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महत, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरू सहभागी छन् ।

विनियोजन बजेटप्रति एकीकृत समाजवादी र जसपाले असन्तुष्टि जनाएपछि प्रधानमन्त्री प्रचण्डले छलफलका लागि बैठक बोलाएको बालुवाटार स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको