काेकाह खाेलाकाे पानी धरान ल्याउन मेयर हर्क साम्पाङ सफल

समाचार शेयर गर्नुहोस्

३० जेठ, काठमाडाैं

कोकाह खोलाको पानी धरान ल्याउन धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई सफल भएका छन् । कोकाहको पानी धरान ल्याउन श्रमदानमा जुटेका एक श्रमदाताले १०० दिनको आफूहरूको मिहिनेतको फल प्राप्त भएको बताए

कोकोहाको पानी धरानमा नल्याएसम्म धरान आउदिनँ भनेर सार्वजनिक रुपमा वचनबद्धता गरेका मेयर साम्पाङ अन्ततः आफ्नो वचन पूरा गरेर मात्रै धरान आएका छन् । उनी तीन दिनदेखि फिल्डमै व्यस्त रहेका थिए ।

करिब ४० किलोमिटर दूरी पार गरेर कोकाहाको पानी आज (मंगलबार) मध्यराति १२ बजेर ३ मिनेटमा माया धराने साबुन उद्योग निर्माणस्थलको केही उत्तरमा पर्ने पकुवा खोलामा वास–आउट पोइन्टमा झार्न सफल भएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको