विमतिलाई हल गरेर अगाडि बढ्न गठबन्धनका दलहरूबिच सहमति

समाचार शेयर गर्नुहोस्

३० जेठ, काठमाडाैं

सत्तारुढ गठबन्धनका नेताहरुबीच गठबन्धनमा देखिएको विमतिलाई हल गरेर अगाडि बढ्ने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मङ्गलवार बिहान बसेको बैठकमा दलहरुबीच देखिएको असन्तुष्टिलाई समाधान गर्ने सहमति बनेको हाे।

अर्थमन्त्री डा.प्रकाशशरण महतले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको विनियोजित बजेटमा प्रधानमन्त्री,अर्थमन्त्री र कांग्रेस सभापति शेरबहादुर देउवाको निवाइचन क्षेत्रमा मात्रै बजेट पारेको र अन्य निर्वाचन क्षेत्रलाई विभेद्ध गरिएको भन्दै गठबन्धनमा आवद्ध नेताहरु असन्तुष्ट रहेका छन् ।

नेकपा एसले त सरकारले बजेट संशोधन नगरे सरकार ढाल्नेसम्मको चेतावनी दिएको छ। अध्यक्ष नेपालको चेतावनीपछि सोमबार पनि प्रधानमन्त्रीले बालुवाटारमा बोलाएर छलफल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको