सेयर बजार ३४.१७ अंकले बढ्याे

समाचार शेयर गर्नुहोस्

३० जेठ, काठमाडाैं

आज (मंगलबार) सेयर बजार ३४.१७ अंकले बढेकाे छ। आज नेप्से सुचक ३४.१७ अंकले बढेर २०२०.६४ विन्दुमा आएको छ । कराेड रूपैँयाभन्दा बढीकाे सेयर काराेबार भएकाे छ। याे काराेबार रकम करिब ६ महिनायता कै उच्च हाे।

वित्तीय प्रणालीमा तरलता बढ्दै जाँदा सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । बैंकमा निक्षेप थुप्रिँदै जाँदा सीडी रेसियो तल झरिरहेको छ । खासै कर्जा प्रवाह हुन सकेको छैन । जसका कारण अहिले सीडी रेसियो ८४.३३ प्रतिशतमै आएको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार अन्तर बैंक ब्याजदर पनि ६.३१ विन्दुमा छ । 

यस दिन २७० कम्पनीको १ करोड ८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २७ करोड ६६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिस्टिलरी र आईजीआई प्रेसिडेन्सियल इन्सुरेन्स परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको