हेटाैडामा ५४ लाख रूपैँया बराबरकाे सुनसहित एक जना पक्राउ

समाचार शेयर गर्नुहोस्

३१ जेठ, काठमाडाैं

५४ लाख रूपैँया बराबरकाे सुनसहित हेटाैडामा एक जनालाइ प्रहरीले पक्राउ गरेकाे छ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटेमा प्रहरीले ५६१ दशमलव ३० ग्राम सुन सहित एकजनालाई आज  बिहान करिब ३ बजे विशेष सुचनाकाे आधारमा पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २२ वर्षीय किसन साह रहेका छन् ।

प्रदेश २–०३–००१ ख ०१५९ नम्बरको बसमा सवार उनले जुत्तामा उक्त सुन लुकाएर राखेको अवस्थामा प्रहरीले पक्राउ मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको