बाजुरामा गए राती चट्याङ परेर एक जना युवककाे मृत्यु

समाचार शेयर गर्नुहोस्

३१ जेठ, काठमाडाैं

बाजुरामा गए राती चट्याङ परेर एक जना युवकको मृत्यु भएको छ ।

बाजुरामा मङ्गलबार साँझ परेको अविरल वर्षासँगै परेको चट्याङ कारण जगन्नाथ गाउँपालिका वडा नं.१ डाँडाबाडाका ३१ वर्षीय युवक यमराज विष्टको मृत्यु भएको हो ।

प्रहरीका अनुसार भैँसीको गोठमा रहेको बेला गए राती करिब ८ बजे रुखमा चट्याङ परेर विष्टको ज्यान गएको हाे। गाउँभन्दा धेरै टाठा रहेकोले उहाँको शव अहिले गाउँमा ल्याउन अझै केही समय लाग्ने प्रहरीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको