ककनी गाउँपालिका-२ का अध्यक्ष तिलकबहादुर लामाको निधन

समाचार शेयर गर्नुहोस्

३१ जेठ, काठमाडाैं

ककनी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष तिलकबहादुर लामाको निधन भएको छ ।

बुधबार राति ३ बजे घरबाट उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै उनको निधन भएको गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिए ।

लामो समयदेखि लामा मिर्गौलासम्बन्धी रोगबाट पीडित भएको अध्यक्ष तामाङले बताए । ४५ वर्षीय लामाका परिवारमा आमा र एक भाइ छन् । उनको निधनमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति रमेशकुमार महतले दुःख व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको