वनएक्स बेटका ५ जना एजेन्ट पक्राउ

समाचार शेयर गर्नुहोस्

३१ जेठ, काठमाडाैं

काठमाडौैं– विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा गतिविधिहरुमा सट्टबाजी गर्न प्रयोग हुने बेटिङ एप्लिकेशन वान एक्स बेटमार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने गराउने कार्यमा संलग्न पाँच जना  नेपाली एजेन्टहरु पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दिनेश खड्का सहितको गिरोहलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा खड्काकी प्रेमिका अनिता धितालसमेत रहेकी छन् ।

त्यस्तै दिपेश श्रेष्ठ, दिनेश चन्द र आशिष लामिछानेलाई बुधबार पनि वनएक्स बेटमार्फत अवैध सट्टेबाजी गराएको आरोपमा पक्राउ गरिएको छ ।

उनीहरूमाथि प्रारम्भिक अनुसन्धान थाल्दा एक अर्ब बढीकाे रकम सट्टेबाजीका लागि काराेबार भएकाे पाइएकाे प्रहरीले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको