आज सेयर बजार १६.४२ अंकले उकालाे

समाचार शेयर गर्नुहोस्

३१ जेठ, काठमाडाैं

बुधबार पनि सेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचक १६.४२ अंकले बढेर २०३७.०६ विन्दुमा पुगेको छ।

१ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा कुल २२३ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १२६ कम्पनीको सेयर मूल्य बढ्दा ९१ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।

साथै ६ कम्पनीको भाउ स्थिर छ । बुधबार सर्वाधिक शिवम् सिमेन्टको २८ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको