संसदीय सुनुवाइ समितिमा हरिकृष्ण कार्कीमाथि शुक्रबारमात्रै प्रश्नोत्तर हुने

समाचार शेयर गर्नुहोस्

३२ जेठ, काठमाडाैं

संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि शुक्रबारमात्रै प्रश्नोत्तर हुने भएको छ।समितिमा आजदेखि सुरू भएको सुनुवाईमा कार्कीले आफ्नो कार्ययोजना र योग्यता प्रस्तुत गरेका छन्।

बिहीवार बिहान ८ बजेका लागि तोकिएको बैठकमा समितिले कार्कीलाई बोलाएको थियो । बैठकमा उपस्थित भएर कार्कीले १९ पेजको कार्ययोजना प्रस्तुत गर्दै आफ्नो धारणा समेत राखेका छन् ।

उनले न्यायिक क्षेत्रको विचलन ६० प्रतिशत रोक्न सफल भएको बताएका छन्।गोला प्रथा लागु भएपछि न्यायिक विचलन कम हुँदै गएको र  स्वच्छता  गर्ने दिशामा अगाडि बढेको दाबी गरेका छन्।

उनीमाथिको सुनुवाई भोलि फेरि ८ बजेदेखि सुरु हुनेछ। भोलि समितिमा रहेका १५ सदस्यहरूले कार्कीसँग प्रश्नोत्तर गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको