श्रीमानकाे कुटपिटबाट श्रीमतीकाे मृत्यु

समाचार शेयर गर्नुहोस्

३२ जेठ, काठमाडाैं

श्रीमानकाे कुटपिटबाट एक महिलाकाे मृत्यु भएकाे छ। काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका वडा नम्बर ११ की दलित महिला सदस्य ज्ञानीमाया विकको हत्या गरेको अभियोगमा उनका पति सन्दु विकलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलवार राति श्रीमानको कुटाइबाट मरणासन्न भएकी ज्ञानीमायाको उपचारको क्रममा धुलिखेल अस्पतालमा बुधवार राति निधन भएको वडाध्यक्ष कृष्णबहादुर तामाङले जानकारी दिए ।

यस्तै उनी नेकपा एमालेबाट दाेस्राे पटक साे वडाकाे दलित महिला वडा सदस्यमा निर्वाचित भएकी थिइन्

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको