शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त

समाचार शेयर गर्नुहोस्

३२ जेठ, काठमाडाैं

सरकारले शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेकाे छ। बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेकाे हाे।

वैरागीको नियुक्तिसँगै खाली भएको मुख्यसचिवमा डा बैकुण्ड अर्याललाई नियुक्ति गर्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ। असार ३ गते सचिवबाट अवकाश हुन लागेका अर्याललाई मुख्यसचिव बनाएको हो। वैरागीलाई यसअघि अमेरिकामा आकर्षक सिफारिस गर्ने भनिएको थियो।

उक्त नियुक्तिको लागि समय लाग्ने भएपछि मुख्यसचिव वैरागीलाई सुरक्षा सल्लाहकारमा नियुक्ति दिइएको हो। वैरागीको कार्यकाल आगामी असोज मसान्तसम्म छ। उक्त अवधिसम्म कुर्दा अर्याल मुख्यसचिव नहुने भएपछि सरकारले यस्तो गरेको हो। अर्यालपछि यादव कोइराला मुख्यसचिव हुने सूचीमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको