ग्रिसमा डुङ्गा पल्टिँदा कम्तीमा ७९ काे मृत्यु

समाचार शेयर गर्नुहोस्

३२ जेठ, काठमाडाैं

दक्षिण ग्रिसको तटमा प्रवासीले भरिएको माछा मार्न प्रयोग गरिने डुङ्गा पल्टिँदा कम्तीमा ७९ को मृत्यु भएको छ । दुर्घटनामा हालसम्म सयभन्दा बढीलाई सुरक्षित निकालिएको छ ।मिडिया रिपोर्टका अनुसार घटना बुधबार बिहान भएको हो।

उद्धार गरिएकालाई कालामाता सहर लगिएको छ । कालामाटाका मेयरले उद्धार गरिएका सबै १६ देखि ४१ वर्षका रहेको बताए।डुङ्गामा महिला र बालबालिका पनि सवार रहेको उनले बताए । राति अन्धकारका कारण खोजी तथा उद्धार कार्य स्थगित गर्नुपरेको तटरक्षकले जनाएको छ। डुबेकाहरुको खोजी कार्य बिहीबारबाट पुनः सुरु गरिने छ। सञ्चारमाध्यमका अनुसार दुर्घटना हुँदा डुङ्गामा कति जना सवार थिए भन्ने खुलाइएको छैन।

बाँचेकाहरूका अनुसार डुङ्गामा ७५० यात्रु सवार हुन सक्छन्। ग्रीसका अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने सम्भावना व्यक्त गरेका छन्। अधिकारीहरुका अनुसार डुङ्गा लिबियाको टोब्रुकबाट गएको थियो।

यसअघि संयुक्त राष्ट्रसंघले ग्रीसको पाइलोसमा डुङ्गा पल्टिएपछि ३२ जनाको शव निकालिएको ट्वीट गरेको थियो। खोजी र उद्धार प्रयास जारी छ र धेरै हताहत भएको आशंका छ। प्रारम्भिक रिपोर्ट अनुसार डुंगामा ४ सय जना सवार थिए। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले डुङ्गा डुबेको घटनालाई भयानक भएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको