खल्ती प्रा.लि र नेपाल इ–स्पोर्ट्स एसोसिएसनबीच सम्झाैता

समाचार शेयर गर्नुहोस्

३२ जेठ, काठमाडाैं

खल्ती प्रा.लि र नेपाल इ–स्पोर्ट्स एसोसिएसनबीच इ–स्पोर्ट्सको पहुँच विस्तारको लागि साझेदारी सम्पन्न भएको छ। यस साझेदारीले ई–स्पोर्ट्स क्षेत्रमा हुने टुर्नामेन्ट वा प्रतियोगिताको रजिस्ट्रेसनलाई डिजिटलाइज गरी विभिन्न सुविधाका माध्यमबाट ई–स्पोर्ट्सको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ।

साथै खल्तीले गेमिङ इकोसिस्टममा प्रमुख भूमिका खेल्दै नेपालमा गेमिङको सम्भावना र भविष्यबारे सचेतना जगाउने उद्देश्य लिएको छ। नेपाल ई–स्पोर्ट्स एसोसिएसन एउटा सामाजिक प्रभावकारी संस्था हो। जसले समान पहुँचको सुनिश्चितता गरी ई–स्पोर्ट्सलाई पनि महत्वपूर्ण खेलका रुपमा प्रवर्द्धन र विकास गर्ने उद्देश्य लिएको छ। यसबाहेक खल्तीसँगको यस साझेदारीले भुक्तानी प्रक्रियालाई सुव्यवस्थित र सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

साझेदारीका बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हाम्रो लोकप्रिय र युवा लक्षित ब्रान्ड, नेपालको ई–स्पोर्ट्स इकोसिस्टमको डिजिटलाइजेसन र प्रवर्द्धनका लागि नेपाल ई–स्पोर्ट्स एसोसिएसन (एनईएसए) सँग सहकार्य गर्न पाउँदा उत्साहित छौँ। यसबाहेक हामी नेपालका गेमरहरुका लागि सहज र सुविधाजनक भुक्तानी विधि प्रदान गर्दै खल्ती प्रयोग गर्न प्रोत्साहित गर्ने लक्ष्य लिई अघि बढेका छौँ।’

यसैबीच नेपाल ई–स्पोर्ट्स एसोसिएसनका अध्यक्ष सुरज श्रेष्ठले भने, ‘नेपालमा ई–स्पोर्ट्स एस्पोर्ट्सका लागि यस किसिमको साझेदारी नयाँ कदम हो र हामी विश्वास गर्छौं कि निजी संस्थाहरुको समर्थनले ई–स्पोर्ट्सहरुलाई नयाँ उचाइमा पुर्याउनेछ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको