आज बिहिबार पनि सेयर बजारमा वृद्धि

समाचार शेयर गर्नुहोस्

३२ जेठ, काठमाडाैं

चालु साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से ५ अंकले बढ्दा २०४२.०७ मा कायम भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा ३ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

बुधबार नेप्सेमा ५ अर्बको कारोबार भएको थियो । बजारमा सामान्य सुधार आँउदा बिहीबार शिवम् सिमेन्ट्सको शेयर सबैभन्दा धेरै खरिदबिक्री भएको छ।यस दिन २७० कम्पनीको ७८ लाख ९६ हजार कित्ता शेयर कारोबार भएको छ । करिब १८ करोड रुपैयाँसहित कारोबार रकमसहित शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र नेपाल लाइफ इन्सुरेन्स परेका छन् । होटल तथा पर्यटन समूहमा सबैभन्दा बढी चमक देखिएको छ । यसैगरी, बिमा समूहरुमा पनि सुधार जारी छ । लामो समयपछि पहिलो पटक साताका सबै पाँच दिन नै शेयर बजारमा वृद्धि रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको