प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग आज सवाल जवाफ हुँदै

समाचार शेयर गर्नुहोस्

१ असार,काठमाडाैं

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग आज सवाल जवाफ हुँदैछ । त्यसका लागि आज पनि संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ ।

हिजो बिहिबार सिंहदरबारमा बसेको समितिको बैठकमा उपस्थित भएका उनलाई आज  बिहान ८ बजेका लागि बोलाइएको हो। समितिको आजको बैठकमा सवाल जवाफ हुने तय भएको छ ।

बैठकमा कार्कीलाई समिति सदस्यहरूले जिज्ञासा राख्नेछन्। सुनुवाइबाट अनुमोदन भएपछि उनी प्रधानन्यायाधीशमा नियुक्त हुनेछन्। कामु प्रधानन्यायाधीश समेत रहेका कार्की गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकबाट प्रधानन्याधीशमा सिफारिस भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको