गण्डकी प्रदेश सरकारले शुक्रबार बजेट ल्याउँदै

समाचार शेयर गर्नुहोस्

१ असार, काठमाडाैं

गण्डकी प्रदेश सरकारले शुक्रबार बजेट ल्याउँदैछ। शुक्रबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दैछन् ।

आगामी आर्थिक वर्ष गण्डकीको बजेट घटेर आउने अनुमान गरिएको छ। चालु आर्थिक वर्षमा ३५ अर्ब ९० करोडको बजेट ल्याएको गण्डकी सरकारले ३३ अर्ब हाराहारीमा बजेट ल्याउन लागेको छ।

संघ सरकारले दिने अनुदान घटेको र आन्तरिक स्रोत समेत कम उठेका कारण बजेटको आकार खुम्चिएएको हो। चालु आर्थिक वर्षका लागि १६ अर्ब ५४ करोड ३२ लाख अनुदान दिएको संघ सरकारले आगामी वर्षका लागि १३ अर्ब ४५ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको