जिप दुर्घटना हुँदा १० जना घाइते

समाचार शेयर गर्नुहोस्

१ असार ,काठमाडाैं

राप्ती राजमार्गअन्तर्गत तुलसीपुर ३ को शिरखोलामा गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

तुलसीपुरबाट रोल्पाको ओतका लागि छुटेको रा १ ज ५५६ नम्बरको गाडी दुर्घटना हुँदा गाडीमा सवार दुई बालकसहित दश जना घाइते भएका हुन् ।

तुलसीपुरबाट यात्रुसहित रोल्पातर्फ जाँदै गरेको रा १ ज ५५६ नम्बरको जिप पौने ११ बजेतिर सडकबाट करिब ६० मिटर तल खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा परि दश जना घाइते भएका छन् भने केहीको अवस्था गम्भीर छ । घाइतेहरूलाई उद्धार गरेर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याएको प्रहरी नायव उपरीक्षक मल्लले बताउनुभयो । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको