‘आदिपुरुष’को बारेमा मेयर बालेन शाहले बाेलेर ठिक गर्नुभयाे : असिम शाह

समाचार शेयर गर्नुहोस्

१ असार, काठमाडाैं

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले भारतीय फिल्म ‘आदिपुरुष’को बारेमा काठमाडौं महानगरका मेयर बालेन शाहले बोलेर ठीक गरेको बताए।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद शाहले ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादबारे काठमाडौँ महानगरपालिकाको मेयर बालेन शाहको अभिव्यक्तिपछि अन्यौलता छाएको बताए । यस्तै उनले छिमेकीबाट स्वाभिमान र सार्वभौम अस्तित्वलाई अतिक्रमण गरेको विषयमा सरकारले सास दबाएर बसेको आरोप लगाए।

‘सरकारले सास दबाएर बसेपछि कोही न कोहिले कुनै न कुनै बेला बोल्नुपर्थ्यो। बालेनले बोले सही गरे। परराष्ट्रमन्त्री र सञ्चारमन्त्रीले यसलाई गम्भीर रुपमा लिनुपर्छ,’ उनले भने।

उनले भने, ‘चलचित्र आदिपुरुषको कुरा मात्र होइन, यथार्थमा पनि कहिले बुद्ध उताको भनेको छ, कहिले सीता उताको भनेको छ। कहिले कालापानी, लिम्पियाधुरा हाम्रो भनेको छ, कहिले सांस्कृतिक नक्सा भनेर हाम्रो ठाउँ नै गायब गराइएको छ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको