बढेर आयाे पेट्रोल र डिजेलको मुल्य

समाचार शेयर गर्नुहोस्

१ असार, काठमाडाैं

भारतीय आयल कर्पाेरेसन (आईओसी)ले पेट्रोल र डिजेलको मूल्य बढाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ८६ पैसा र डिजेलको मूल्य प्रतिलिटर २६ पैसा बढाएर आईओसीले बठाएको हो।

आज पठाएको मूल्य सूचीअनुसार मूल्य बढेर आएको आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।

आईओसीले हरेक १५/१५ दिनमा मूल्य सूची पठाउने गरेको छ । सोही अनुसार आयल निगमले नेपालमा मूल्य घटाउने वा बढाउने भन्ने निर्णय गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको