नक्कली शरणार्थी प्रकरण अभियुक्तहरुको थुनछेक बहस सकियाे

समाचार शेयर गर्नुहोस्

१ असार, काठमाडाैं

नक्कली शरणार्थी प्रकरणका अभियुक्तहरुको थुनछेक बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलहरूले शुक्रबार जवाफी बहस गरेपछि थुनछेक बहस सकिएको हो ।

बिहीबारसम्म  १८ जना प्रतिवादीतर्फबाट बहस भएको थियो भने शुक्रबार पाँचजना सरकारी वकिल र जाहेरतर्फकासमेत गरी ७ जनाले जवाफी बहस गरेका हुन् ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको अभियोग लागेका १८ जना प्रतिवादीतर्फको बहस बिहीबार सकिएको थियो ।

यस्तै अभियुक्तहरुलाई थुनामै राखेर मुद्दा अघि बढाउने कि छोड्ने भन्नेबारे शुक्रबारै अदालतले आदेश गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको