गाँजा बिक्रीका लागी बाेकेर हिँडिरहेका एक युवक पक्राउ

समाचार शेयर गर्नुहोस्

१ असार, काठमाडाैं

गाँजासहित एक युवक पक्राउ परेका छन्।

चार किलो पाँच सय २० ग्राम गाँजा बिक्रीका लागि बोकेर हिँडिरहेको अवस्थामा भक्तपुर प्रहरीले आज भक्तपुर नगरपालिका–४ मङ्गलाछेँबाट एक जनालाई पक्राउ गरेको हाे।
लागूऔषध गाँजासहित प्रहरीले काभे्रपलाञ्चोक रोशी गाउँपालिका–१० मङ्गलटार घरभई हाल भक्तपुर मङ्गलाछेँ बस्ने २३ वर्षीय अभि तामाङलाई पक्राउ गरेको हाे।
तामाङलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको