बजेट सच्याएर ल्याउन सरकारसँग लिङ्देनकाे माग

समाचार शेयर गर्नुहोस्

१ असार , काठमाडाैं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बजेट सच्याएर ल्याउन सरकारसँग माग गरेका छन् । बजेट सच्याएर नल्याए जनताले नमान्ने र संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने उनको भनाइ थियो ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले बजेट सच्याएर ल्याउने काम सत्तापक्षले गरे एउटा राम्रो परम्पराको सुरुवात पनि हुने र संसदको पनि गरिमा बढ्ने बताए ।

यस्तै उनले बजेट संशोधन गर्दा कसैको हारजित नहुने बताएका छन् ।

‘संसदको सुझाव अनुसार हामीले बजेटमा परिमार्जन ग¥यौ भन्दाखेरी कसैले हारेको हुँदैन । एउटा राम्रो परम्पराको सुरुवात पनि हुन्छ, संसदको गरिमा रहन्छ ।’ लिङ्देनले भने

बजेट संशोधन नगर्ने हो भने अहिलेको व्यवस्थालाई असफल बनाउन मदत गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको