नागरिक उड्डयन प्राधिकरणले मेयर बालेन शाहलाई साेध्याे स्पष्टीकरण

समाचार शेयर गर्नुहोस्

१ असार, काठमाडाैं

नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरका मेयर बालेन शाहलाई स्पष्टीकरण सोधेको छ।

काठमाडौं महानगरपालिका-९ स्थित विमानस्थल क्षेत्रमा प्राधिकरणलाई कुनै जानकारी नदिई फेन्सिङ तार काटेपछि स्पष्टीकरण सोधिएको हो। उनलाई सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको छ।

काठमाडौं–९ मा रहेको जग्गामा बनाइरहेको कम्प्लेक्सको नक्सा पास नभएको भन्दै बिहीबार काठमाडौं महानगरको नगर प्रहरी पुगेको थियो ।  महानगरको टोलीले भवन बनाइरहेको क्षेत्रमा लगाएको तारबार हटाएको थियो भने निर्माण रोक्न भनेको थियो ।

उड्डयन प्राधिकरणले भने निर्माण रोक्नुअघि महानगरले कुनै जानकारी नदिएको बताएको छ । साथै लिखित पत्र र आधिकारिक जानकारी माग गर्दा नगर प्रमुखको आदेश बमोजिमको काम भएर त्यहीँ गएर बुझ्नू भन्ने जवाफ पाएको भन्दै उड्डयन प्राधिकरणले  नेपाल नागरिक उड्डयन प्राधिरकण ऐनको दफा २५ (१) बमोजिम सजाय किन नगर्ने हो ? भन्दै बालेनलाई स्पष्टीकरण सोधेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको