सहकर्मी महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा एसएसपी याेगबहादुर पाल निलम्बित

समाचार शेयर गर्नुहोस्

१ असार, काठमाडाैं

सहकर्मी महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) योगबहादुर पाल निलम्बनमा परेका छन् । गृह मन्त्रालयले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) योगबहादुर पाललाई छ महिनाका लागि निलम्बन गरेको हाे।

सहकर्मी महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोप लागेका पाललाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले हिजो बिहीवार गृह मन्त्रालयलाई सिफारिस गरेको थियो ।

महेन्द्रनगरमा रहेको प्रादेशिक प्रहरी कार्यालयमा कार्यरत एक महिला प्रहरीले पालले आफूलाई दुर्व्यवहार गरेको भन्दै उजुरी दिनुभएको थियो ।

उजुरीलगत्तै पाललाई प्रहरी प्रधान कार्यालय बोलाएर छानबिन सुरु गरेको र छानबिन समितिको सिफारिसमा छ महिनाका लागि निलम्बन गरेको प्रहरी प्रवक्ता कुवेर कडायतले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको