बन्दुकधारीले गाेली चलाउँदा दुई महिलाकाे मृत्यु

३ असार, काठमाडाैं

भारतको नयाँ दिल्लीस्थित आरके पुरम भन्ने ठाउँमा अज्ञात बन्दुकधारीले गोली चलाउँदा दुई महिलाको ज्यान गएको छ ।

आइतबार बिहान पुरम प्रहरीचौकीनजिकै भएको घटनामा गोली लागेका दुवै महिलालाई अस्पताल पुर्याइएको थियो । तर, उनीहरूको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ ।

इन्डियन एक्प्रेसका अनुसार दक्षिण–पश्चिम दिल्लीको आरके पुरम क्षेत्रमा बिहान सवा चार बजेतिर यो गोलीकाण्ड भएको हो।

मारिनेहरूमा ३० वर्षकी  पिंकी र २९ वर्षकी ज्योति रहेको खुलेको छ। गोली प्रहार गर्नेहरूले ती महिलाका भाइको खोजी गरिरहेको र आर्थिक लेनदेन मुख्य कारण हुन सक्ने आशंका गरिएको छ । तर, अनुसन्धानपछि नै यकिन कारण खुल्ने प्रहरीले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like