मेयर बालेनकाे चेतावनीपछि महानगरभित्रका सामुदायिक विद्यालय खुल्ला

समाचार शेयर गर्नुहोस्

३ असार,काठमाडाैं

काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहकाे चेतावनीपछि महानगरभित्रका सामुदायिक विद्यालय खुल्ला रहेका छन्। यस्तै पद्मोदय माविका प्रधानाध्यापक नारायण गौतमले निर्वाध रूपमा पठनपाठन भइरहेको बताए ।

सेवा सुरक्षा ग्यारेन्टी लगायतका विभिन्न माग राख्दै विद्यालय कर्मचारीहरूले आजदेखि सामुदायिक विद्यालय बन्द आह्वान गरेका छन् । तर, काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालय भने निर्वाध रूपमा खुलेका हुन् ।

नेपाल विद्यालय कर्मचारी परिषद्ले अनिश्चितकालका लागि विद्यालय बन्दको घोषणा गरेको थियो । लगत्तै काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले सामुदायिक विद्यालयका पठनपाठन बन्द भए शिक्षक तथा कर्मचारीलाई पदबाट हटाउने र फौजदारी मुद्दा लगाउने चेतावनी दिएका थिए ।

विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको र विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध सिर्जना गर्न नहुने भन्दै पठनपाठनमा कुनै अवरोध नभएको बताएका थिए।

प्रमुख शाहले शनिबार शिक्षक तथा कर्मचारीलाई चेतावनी दिँदै आफ्नो फेसबुकमार्फत भन्नुभएको थियाे , “काठमाडौँ महानगरपालिका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी एवं विद्यालय व्यवस्थापन समितिलाई सम्पूर्ण विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न निर्देश गर्दछ।” साथै विद्यालयमा नियमित कक्षा सञ्चालनमा बाधा पु-याएमा शिक्षक तथा कर्मचारीलाई पदबाट हटाइने, विद्यालय व्यवस्थापन समितिलाई विघटन गरिने तथा बल प्रयोग गरेर बन्द गर्न खोज्नेलाई नियन्त्रणमा लिएर फौजदारी मुद्दा चलाइने चेतावनी दिइएका थिए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको