संखुवासभामा गए राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २१ पुग्याे, एककाे मृत्यु

समाचार शेयर गर्नुहोस्

३ असार, काठमाडाैं। संखुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २१ पुगेको छ। बाढीले बगाउँदा पाँचखपन-९ का सन्तोष राईको मृत्यु भएको छ।

बाढीले चैनपुर ४ मा निर्माणाधीन सुपर होवा हाइड्रोपावरका १८ जना सम्पर्कबाहिर छन्। त्यसैगरी सभापोखरीमा २ र नुनढाकीमा १ जना बेपत्ता भएका छन्।

आइतबार बिहान सुपर होवा हाइड्रोपावरका २ जना भने प्रहरीको सम्पर्कमा आएका छन्। चैनपुर नगरपालिका ४ र पाँचखपन नगरपालिका-९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो जनधनको क्षति भएको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको