अर्थ मन्त्रालयलगायतले ट्रान्समिसन लाइन समयमा बनाउनका लागि सहयोग गर्नुपर्छ : कुलमान घिसिङ

समाचार शेयर गर्नुहोस्

३ असार, काठमाडाैं

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अर्थ मन्त्रालयलगायतले ट्रान्समिसन लाइन समयमा बनाउनका लागि सहयोग गर्नुपर्ने बताएका छन् ।

आइतबार पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्। घिसिङले भने “नेपाल विद्युत् खपत मात्र गर्ने हो भन्ने भाष्य बनाउनु भएन, निर्यात गर्नैपर्छ । यस्तै उनले ट्रान्समिसन लाइन समयमा नबने उत्पादन धान्न नसक्ने बताएका छन् ।

यस्तै घिसिङले वर्षाकाे समयमा मुलुकमा उत्पादन हुनेमध्ये करिब दुई/तीन सय विद्युत प्रणालीमा आउन नसक्ने अवस्था रहेको बताएका छन्।

‘हिजोको बाढीका कारण काबेली कोरिडोरमा चार/पाँच वटा विद्युत आयोजनाबाट हुने आपूर्ति बन्द भएको छ,’ घिसिङले भने, ‘वर्षामा सरदर दुई/तीन सय मेगावाट विद्युत उत्पादन प्रणालीमा आइपुग्दैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको