प्रधानमन्त्री बाढीपहिरोग्रस्त ठाउँ अवलोकनका लागि जाने

समाचार शेयर गर्नुहोस्

४ असार, काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी पहाडको बाढी पहिरोग्रस्त क्षेत्रमा गएका छन्।

उनी केही बेरअघि संखुवासभा, पाँचथर र ताप्लेजुङको बाढीपहिरोग्रस्त ठाउँ अवलोकनका लागि प्रस्थान गरेको प्रधानमन्त्रीको प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए।

सोमबार बिहान बाढीपहिरो प्रभावित क्षेत्रका सांसद, नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई भेटेर उद्धार र राहतमा तदारूकता देखाउन माग गरेका थिए।

यस्तै प्रधानमन्त्री पूर्व जाने भएपछि समाजवादी मोर्चा घोषणा पनि  तीन बजेलाई तय भएको कार्यक्रम ४ बजेलाई सारिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको