धरान उपमहानगरपालिका भित्र ‘आदिपुरूष’ फिल्म प्रदर्शन नगर्न मेयर हर्क साम्पाङको आग्रह

समाचार शेयर गर्नुहोस्

४ असार, काठमाडौं

आदिपुरुषमा सितालाई ‘भारतकी बेटी’ भन्ने शब्द नहटाएसम्म नेपालमा हिन्दी चलचित्र रोक्ने भन्दै काठमाडौं महानगरपालिका भित्र अन्य हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाइएको छ ।

विवादित बनिरहेको भारतीय उक्त चलचित्रलाई  सुनसरीको धरान उपमहानगरपालिका भित्र  समेत प्रदर्शन नगर्न मेयर हर्क साम्पाङले आग्रह गरेका छन् ।

उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन् ‘धरानमा आदिपुरुष प्रदर्शन नगर्नुहोला ।’

धरानमा भने आदिपुरुष मात्रै प्रदर्शन नगर्न मेयर राईले आग्रह गरेका छन् ।

यस्तै पोखरा महानगरपालिकामा पनि हिन्दी चलचित्र रोक लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको