जीप दुर्घटनामा परी घाइते भएका चालकको मृत्यु

समाचार शेयर गर्नुहोस्

काठमाडाैं, असार ४ गते। हुम्ला सिमकोटदेखि हिल्सा जाँदै गरेको जीप दुर्घटनामा परी घाइते भएका चालकको मृत्यु भएको छ।

सोमबार बिहान साढे सात बजे च्याछरामा कर्णाली प्रदेश ३०१०२२ च ५१२६ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा शान्तिपुर–२ धनुषा जनकपुरका चालक ३० वर्षका चालक राजेश हेन्जन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले बताए ।

‘उकालो भीरमा गाडी चढ्न नसक्ने भन्दै चालक तामाङले १२ जना यात्रुलाई झारेर आफूले गाडी चलाएका थिए ।’ उनले भने,‘चालकको मृत्यु भए पनि दुर्घटनाबाट ठूलो मानवीय क्षति हुनबाट जोगियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको