नागरिकताकाे विषयलाई राजनितिकरण नगर्न लिङदेनकाे आग्रह

समाचार शेयर गर्नुहोस्

४ असार, काठमाडाैं

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकताको विषयलाई राजनीतिकरण नगर्न आग्रह गरे। सरकारले समस्याको समाधान चाहेमा संसदमा ल्याएर फास्ट ट्रयाकबाट टुंग्याउन सकिने उनले बताए ।

प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै उनले भने, ‘यसलाई राजनीतिकरण गर्नु हुँदैन । अहिले पनि सरकार समस्याको समाधान चाहन्छ भने त्यो विधेयक संसद्‌मा ल्याओस्, सबै राजनीतिक दलहरूले भनेको छ फास्ट ट्र्याकबाट टुंगोमा पुर्‍याउँ, कुनै आपत्तिको विषय होइन । नागरिकताको समस्या हामी सबैको समस्या हो । यसलाई संसद्‌बाट टुंगो लगाउनुपर्छ भन्ने कुनै आपत्ति छैन । राजनीतिकरण नगरियोस् भन्न चाहन्छु,’ उनले भने ।

यस्तै उनले आफूहरुले नागरिकता विधेयक प्रमाणीकरण गरेको प्रक्रियामा प्रश्न उठाएको बताए ।‘सत्तापक्ष यदि इमान्दार थियो भने जहाँ गएर अड्किएको थियो । त्यहाँ विवाद हुन्छ भन्ने सत्तापक्षलाई थाहा थियो । त्यसलाई अगाडि बढाउन सर्वदलीय बैठक राख्न सकिन्थ्यो कि सकिँदैनथ्यो ? तर, भारत भ्रमणमा जानुअघि सुटुक्क प्रमाणीकरण गर्नुपर्ने कारण के थियो ? अहिले रोकिएको एमाले, रास्वपा र राप्रपाको कारणले रोकिएको हो ? हामीले गएर मुद्दा हालेको हो ? तपाईंहरुलाई थाहा थियो । भारत पनि खुशी हुन्छ, नागरिकता नपाएका पनि खुशी हुन्छन् कसै न कसैले अदालतमा उजुरी हालिहाल्छ ।’उनले भने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको