साेमबार नेप्से परीसुचक २.९४ अंकले घट्याे

समाचार शेयर गर्नुहोस्

४ असार, काठमाडाैं

सोमबार सेयर बजार झिनो अंकले घटेको छ । यस दिन नेप्से परीसूचक २.९४ अंकले घटेर २०९१.३९ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, फाइनान्स, लगानी, म्युचल फन्ड र अन्यबाहेक सबै समूहकाे शेयर घटेकाेमा बिमा, हाेटल तथा पर्यटन, उत्पादन तथा प्रशाेधन, माइक्राेफाइनान्स र जलविद्युत् समूहकाे शेयर उच्च अङ्कले घटेकाे छ ।

आज दुई सय ७६ वटा कम्पनीका एक कराेड २९ लाख कित्ता शेयर चार अर्ब ७४ कराेड रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सकाे २९ कराेड ८२ लाख रुपैयाँ बराबरकाे शेयर किनबेच भयाे ।

आज युनिक नेपाल लघुवित्तकाे शेयर १० प्रतिशतले घटेकाे छ । समग्रमा बजार घटे पनि सेन्ट्रल फाइनान्स, लक्ष्मी इक्विटी फन्ड, माउन्टेन इनर्जी, वीपीडब्ल्यू लघुवित्त र मेन्छ्याम हाइड्राेपावरकाे शेयर १० प्रतिशतले बढेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको