बिरामी भएकाे बालकलाई अस्पताल लानुकाे सट्टा प्रार्थना गर्न लगाउँदा बालककाे मृत्यु, ३ जना पक्राउ

समाचार शेयर गर्नुहोस्

५ असार,काठमाडाैं

बिरामी भएकाे बालकलाई अस्पताल लानुकाे सट्टा प्राथना गर्न लगाई बालककाे मृत्यु भएकाे छ।

गत शुक्रबार बिरामी भई अचेत अवस्थामा रहेका अजयलाई अस्पताल नलगी प्रार्थना गर्न लगाएका थिए। अन्धविश्वासका कारण गुलरिया नगरपालिका १० कालाबञ्जारका ८ वर्षीया अजय यादवको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिए।

बालकको मृत्युपछि तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुलरिया नगरपालिका ४ तुलापुरका ३९ वर्षीय राजु शाही, ३८ वर्षीया गीता शाही र ३५ वर्षीया निशा नेपाली रहेका छन्।

उनीहरुले बालकका अभिभावकलाई प्रार्थना गरे ठीक हुने विश्वास दिलाई स्थानीय ‘सत्य वचन परम ईश्वरीय मार्ग दर्शन’ नामक संस्थामा पुर्‍याएर प्रार्थना गर्न लगाएको प्रहरी नायब उपरीक्षक बोहराले बताए। यस्तै ‘बिरामी बालकका अभिभावकलाई औषधी उपचार गराउन अस्पताल लैजानु पर्दैन प्रार्थना गरे परमेश्वरले ठीक पार्नुहुन्छ भन्ने भ्रममा पारेको पाइयो,’ उनले भने।

बिरामी बालकलाई राखेर अभिभावकले प्रार्थना गर्दागर्दै उनको शुक्रवार नै मृत्यु भएको थियो। छोराको मृत्युपछि अजयका बुबाले आफूलाई भ्रममा पारेर औषधी उपचार गर्न अस्पताल लान नदिइ छोराको मृत्यु भएको भन्दै तीन जनाविरूद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए।

उक्त जाहेरीका आधारमा तीनै जनालाई पक्राउ गरि जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुरमा म्याद थप गरि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको