प्रतिनिधि सभामा प्रधानमन्त्रीसंग प्रश्नोत्तर कार्यक्रम असार ८ गते हुने

समाचार शेयर गर्नुहोस्

५ असार, काठमाडौं

प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहालसंग प्रत्यक्ष प्रश्नोत्तर शुक्रबार (असार ८ गते) हुने भएको छ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम शुक्रबारका लागि निर्धारण गरिएको जानकारी गराएको छ ।

प्रश्नोत्तर कार्यक्रमका लागि प्रतिनिधिसभा सदस्यहरुलाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना सदस्य रहने गरी १७ वटा समूहमा विभाजन गरिएको छ ।

यो महिना समूह १ मा रहेका सांसदहरुले मात्र प्रश्न सोध्न पाउनेछन् ।सांसदहरुले प्रश्न सोध्नका लागि मंगलबार नै पाँच बजेभित्र प्रतिनिधिसभाको सचिव समक्ष आफ्नो प्रश्न लिखित रुपमा बुझाउनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको