असार महिनामा बाढीपहिरोका कारण १० जनाको मृत्यु ,६ जना घाइते,२६ जना बेपत्ता

समाचार शेयर गर्नुहोस्

काठमाडौं, असार ५ गते। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार असार महिनामा वर्षा, बाढी र पहिरोका कारण १० जनाको मृत्यु भएको छ।

मंगलबार प्रतिनिधि सभा बैठकमा  श्रेष्ठले असार २ गते रातिदेखिको अविरल वर्षा, बाढी र पहिरोका कारण १० जनाको मृत्यु भएको जानकारी गराएका हुन्।विपदका घटनामा ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्ण रुपमा क्षति भएको पनि उनले जानकारी दिए।

असार २ गते रातिदेखिको अविरल वर्षाका कारण संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा बढी क्षति भएको छ ।

उक्त मापदण्डमा मृतकको परिवारलाई २ लाख रुपैयाँ राहत दिने व्यवस्था छ।

यस्तै एकै परिवारको एक भन्दा बढी सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति थप एक लाख रुपैयाँ राहत दिने व्यवस्था छ ।

घरबास क्षति भएकालाई तत्काल गुजाराको लागि प्रति परिवार १५ देखि २० हजार रुपैयाँ दिने व्यवस्था पनि उक्त मापदण्डमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको