सुदुरका कानूनमन्त्री सिंह चढेको गाडी दुर्घटना, सिंहको श्रीमतीसहित २ जनाको मृत्यु

समाचार शेयर गर्नुहोस्

५ असार, काठमाडौं

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह चढेको गाडी दुर्घटना भएको छ।

दुर्घटनामा उनकी श्रीमतीसहित २ जनाको मृत्यु भएको र सिंहको टाउकोमा चोट लागेको छ।

मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी मंगलबार डडेलधुराबाट चैनपुर आउँदै गर्दा दुर्घटना हुँदा मन्त्री सिंहकी पत्नी र भाउजूको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंह रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मन्त्री सिंहसहित तीन जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको